मुस्ताङ जिल्लाका पाँचवटै पालिकाको मतगणना सकियो

349

साझट्युब :१  जेठ, चितवन ।

थसाङको मत गणना सकिएसँगै मुस्ताङ जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ ।

सोमबार थसाङ गाउँपालिकाको मतगणना सकिएको हो । थसाङको अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १ सय ४४ मत पाएर विजयी भएका हुन । प्रतिद्वन्द्वी काँग्रेसकी बालकुमारी शेरचनले १०५५ मत पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन १२ सय १२ मत पाएर विजयी भए ।

उपाध्यक्षमा प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत पाइन् । थसाङसँगै लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङमा काँग्रेसले जितेको छ ।

LEAVE A REPLY