मूल्य वृद्धिको विरोध गर्नेहरु ८ जनालाइ प्रहरी नियन्त्रणमा लियो

164

साझाट्युव: ७ असार, काठमाडौं ।
मूल्य वृद्धिविरुद्ध अवरोध गर्दा स्वतन्त्र युवा समाजको नेत्री कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाइ पुरानो बानेश्वरमा सरकारी सवारी साधनलाई अवरोध गरेको भनेर पक्राउ गरिएको हो ।

मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वदेखि सरकार पछी हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै आज मंगलबार बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै पुरानो बानेश्वर चोकमा आन्दोलन गरेको हो। तर,सरकारी सवारी साधनलाई अवरोध भएपछी अवरोधका क्रममा केहीबेर प्रहरीसँग तनाब समेत भएको थियो। अहिले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई आवागमन सामान्य बनाएको छ।

LEAVE A REPLY