साझाट्युव: ८ असार, धनगढी ।
मूल्य वृद्धिभएसंगै विरोधमा नेकपा एमालेका कार्यकर्ताद्वारा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका हुन् ।
नेकपा एमाले, अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको समनायामा आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका छन् ।
सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई युवाहरूद्वारा आन्दोलनका कार्यक्रम अन्तरगत ठाउँ–ठाउँमा रोकेर चावी खोसेका छन् ।
धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइक समेत नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर कमिटि संयोजक अविशेक नाथले जानकारी दिएका छन् ।