मेगा बैंकले हरेक शाखाबाट २–२ जना छात्रालाई आर्थिक सहयोग गर्ने

163

साझाट्युव : चैत १७ ,काठमाडौं।
मेगा बैंक नेपालले देशभरका प्रत्येक शाखाबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोग गर्ने बताएको छ।

बैंकले छात्राहरुलाई आर्थिक सहयोग गर्नेगरी २०७९ सालको इक्यालेण्डर तय गरेको छ । जसअन्तर्गत आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप ‘शिक्षा नै ज्योति अभियान’ चलाइने पनि बैंकले जनाएको छ ।

यस अभियानबाट देशभरका प्रत्येक शाखाले २–२ जना छात्राहरुलाई आर्थिक सहयोग गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु-याउन साथै मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम पनि ल्याएको थियो । यस्तै,सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै पनि आएको छ ।

यस छात्रवृत्तिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको बैंकको भनाइ समेत छ ।

बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताए अनुसार यसपालिको क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरुको तस्वीर सार्वजनिक गरी उनीहरुलाई प्रोत्साहन पनि गरिएको छ ।

LEAVE A REPLY