मेघ गर्जनका साथ चट्याङ्सहित वर्षा हुने

354

साझाट्युब:  बैशाख १६, २०७९, काठमाडौ ।जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा मेघ गर्जनका साथ चट्याङ्सहित वर्षा हुने भएकाले सतर्कता हुन बताएका छन् ।

विभागले आउने ३ दिनको मौसमलाइ पूर्वानुमान गर्दै पहाडी भूभागमा अबको २४ घन्टामा वर्षा हुने जानकारी गरेको छ।
आइतबार रातिसम्म देशका केहि ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने बताएको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश र बाकी प्रदेशको केहि पहाडी स्थानमा पनि वर्षा हुने बताएका छन्।

पश्चिमी वायुको प्रभाव रहेकोले देशका पहाडी भूभागमा स्थानीय वायु र आंशिकदेखि सामान्य बदली भएको कुरा विभागले बताएको छ।

 

 

LEAVE A REPLY