साझाट्युव : वैशाख २२, काठमाडौं।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले काठमाडौंमा पहिलो पटक महिला मेयरमा सिर्जना सिंहको विजय निश्चित भएको बताएका छन्।
गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कार्यक्रममा उनले सिर्जना सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मिथ्या भएको समेत बताए। श्रेष्ठले प्रकाशमानभन्दा सिर्जनाको राजनीति यात्रा लामो रहेको बताउदै ‘मैले नेपाली काँग्रेसमा गोरखाबाटै राजनीति सुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठ काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो’ भने।
साथै,श्रेष्ठले सिंहको जित संविधान र लोकतन्त्रको समेत जित हुने भएकोले पनि जित अनिवार्य सर्त रहेको बताए। सिंहको प्रतिस्पर्धी केशव स्थापित अवसरवादीको पराकाष्ठा भएको बताउदै स्थापित जस्तो हावादारी उम्मेदवारलाई जनतालाई भोट नदिने पनि श्रेष्ठले दाबी गरे ।