मेयर बालेन साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय

318

साझट्युब :  १६ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर सभा बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गर्दै मेयर शाहले नगर सभा बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका हुन् ।

नगरसभाको पहिलो बैठक आज ४ बजे बोलाइएको छ । आजको बैठक प्रत्यक्ष प्रसारण गरिने छ ।

साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् । फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता राख्दै उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’

उनले अघि भने, फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।

LEAVE A REPLY