मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकाल चौरमा पानी आइपुग्ने

133

साझाट्युव : बैशाख ८, काठमाडौँ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणका लागि आवश्यक तयारी पूरा गरेको छ । मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकाल चौरमा पानी आइपुग्ने बताइएको छ । मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिने तयारी गरिएको छ ।

 

आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौं ल्याइएको हो ।

लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार “अघिल्लो वर्ष के–कारणले ती ठाउँमा पानी नपुगेको हो, त्यो हेरेर त्यसको समाधान गरिनेछ ।” पुरानो पाइपबाट पानी वितरण गर्दा नयाँ पाइप भने परीक्षण हुने प्रमुख कार्यकारी निर्देशक शाक्यले बताए । अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण गर्न लागिएको लिमिटेडले जनाएको छ ।

अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइने उनले बताए । उनले भने, “पाँच करोडबाट सुरु गरिएपछि छ करोड लिटर हुँदै आठ करोड लिटरबाट बढाइएको हो ।”

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो।

 

LEAVE A REPLY