मोरङको रतुवामाई नगरपालिकामा पानी जमेको खाल्डोमा युवतीको शव

148

साझाट्युव : २० असार, विराटनगर ।

मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोमा आज बिहान युवतीको शव भेटिएको छ ।

लग भग हेर्दा २५,२६ बर्षको युवतीको पहिचान अहिलेसम्म भएको छैन । स्थानीयले सोमबार बिहान शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेको थियो ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार प्रहरीले मृतकको पहिचान गरिरहेको छ, भने शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

त्यसै गरेर शवलाई पोस्टमार्टमका निम्ति रङ्गेली अस्पताल ल्याइसकेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY