मोरङको लेटाङमा कर्फ्यु लाग्यो

368

साझाट्युव : चैत ७, मोरङ।
मोरङको लेटाङमा विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक महिला प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङद्वारा लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए अनुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

आइतबार भएको घटनाबाट थप क्षति हुन नदिनको निम्ति कर्फ्यु आदेश जारी गरेको र अहिले अवस्था सामान्य नै रहेको पनि उनले बताए । लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको छ ।

मोरंगको लेटाङ नगरपालिका वडा नं. ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा झडप हुँदा एक जना महिला प्रहरी (प्रहरी जवान उर्मिला श्रेष्ठ)को मृत्यु भएको थियो भने करिब २८ जना प्रहरी र विद्यार्थीहरू घाइते भएका थिए ।
यौन दुर्व्यवहार गर्ने ति शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा स्थिति तनावग्रस्त नै बनेको थियो ।

LEAVE A REPLY