मौसम खराब भएपछी दिल्लीबाट आएका दुई जहाज डाइभर्ट

165

साझट्युब : २५ जेठ, काठमाडौं ।

बुधबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गर्नु परेको छ ।साँझ अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौंको मौसम बिग्रिएको थियो ।

नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ डाइभर्ट भएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएको छ ।

जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको कोरियन एयरको जहाज भने केहीबेर होल्ड भएपछि अहिले अवतरणको प्रक्रियामा छन् ।

LEAVE A REPLY