म्यानचेष्टर युनाइटेडले क्लबको निम्ति क्रिस्टियानो रोनाल्डोलाई बेच्नु जरुरी छ : रुनी

255

साझाट्युव : २२ साउन,काठमाडौं ।

म्यानचेष्टर युनाइटेडका पूर्वकप्तान वायन रुनीले क्लबको भविष्यका निम्ति क्रिस्टियानो रोनाल्डोलाई बेच्नुपर्ने जनाकारी दिएका छन् ।

रुनीले क्लबले राम्रो टिम बनाउनको लागिपनि रोनाल्डोलाई क्लब छाड्न स्वीकृति दिनुपर्ने जनाएका छन् । रोनाल्डोले जुलाईमा युनाइटेड छाड्न चाहेको समाचार सार्वजनिक भएको थियो । युनाइटेडमा हुँदा च्याम्पियन्स लिग खेल्न नपाउने भएकोले नै उनले क्लब छाड्न चाहेका थिए ।

दि टाइम्सका निम्ति खेल्दै युनाइटेडका लेजेण्ड रुनीले भविष्यका निम्ति सोचेर टिम बनाउनुपर्ने र प्रिमियर लिगको उपाधिका खातिर तयार रहनुपर्ने पनि बताए ।

उनले भने ‘मेरो विचारमा युनाइटेडले रोनाल्डोलाई जान दिनुपर्छ । फेरि यसको अर्थ रोनाल्डोले एरिक टेन हाग म्यानयूका प्रशिक्षक को टिममा खेल्न सक्दैनन् भन्ने होइन । उनले जुनै टिमबाट पनि खेल्न सक्छन् । रोनाल्डोले तपाईंका निम्ति सधैँ गोल गर्छन्,’ रुनीले भने ‘तर मेरो व्यक्तिगत विचारमा हाल युनाइटेड उपाधिका निम्ति चुनौती दिन सक्दैन । अबको उद्देश्य त्यस्तो टिम हुनुपर्छ जसले तीन-चार वर्षमा उपाधि जित्न सकोस ।’

रुनीले रोनाल्डोलाई क्लबबाट छाड्न दिएर टिमलाई सफलता दिलाउनको लागि ९ नम्बरको नयाँ खेलाडीलाइ खोज्न सुझाव दिएका हुन् ।

LEAVE A REPLY