‘म अब पार्टी र पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा होमिन्छु ।

266

साझाट्युव : असोज २७ काठमाडौं ।

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीमा बसेर संघर्ष गर्ने र पार्टीलाई नछाड्ने भएका छन् ।

अछाम क्षेत्र नम्बर १ देखि सिफारिस भएर पनि अध्यक्ष केपी शर्मा ओलीद्वारा टिकट खिसिएका आक्रोशित उनले बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीमै बसेर संघर्ष गर्ने भनेका छन् ।

ओलीलाई दर्जनौँ आरोप लगाएका रावलले हालको स्थितिमा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहने बताएका हुन् ।

उनले अन्तिम बिन्दुसम्म नै पार्टीलाई ठीक ठाउँमा ल्याउने विश्वास आफूभित्र भएको बताए छन् ।

‘ अहिले दक्षिणपन्थी र प्रतिक्रियावादीहरूसित एमालेले साँठगाँठ गरेको छ। यो विकृत अवस्थादेखि पार्टीलाई बाहिर निकाल्न सकिने मलाई पूर्ण विश्वास रहेको छ’, ‘एमाले कसैको कम्पनी र व्यक्तिगत सम्पत्ति होइन । एमालेसित करोडौं जनता र कार्यकर्ताको भरोसा छ। त्यसैले म अन्तिम बिन्दुसम्म पनि पार्टीमै बसेर संघर्ष गर्न तयार छु उनले भने ।’

रावलको अछाम १ को टिकट ओलीले खोसे पनि आफू पार्टीलाई जिताउन निर्वाचनमा होमिने बताए छन् ।

‘म अब पार्टी र पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा होमिन्छु’, ‘त्योबाहेक हाललाई मेरो अर्को उद्देश्य केहिपनि छैन। पार्टीलाई दक्षिणपन्थीहरुको हातबाट बाहिर निकाल्न अन्तिम समयसम्म संघर्ष गरिरहन्नेछु ।’

LEAVE A REPLY