यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने आयोगको आंकलन

140

साझाट्युव : वैशाख २६, काठमाडौँ । 

निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने जनाएको छ ।

०७४ मा स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । यो पटक स्थानीय तहको चुनाव यही ३० गते देशभर एकै पटक हुँदैछ ।

आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गरेका हुन् उनले ०७४ को भन्दा सस्तो हुने आयोगको आंकलन रहेको जनाएका छन् ।

 

LEAVE A REPLY