यो गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म नै जानु आवश्यक छ : गच्छदार

157

साझाट्युव : चैत ९, मोरंग।

नेपाली काँग्रेसका नेता तथा पुर्वउपप्रधानमन्त्रि विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचन सम्मै गठबन्धन आवश्यक रहेको बताएका छन् ।

आज वुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। साथै पूर्व उपप्रधानमन्त्री गच्छदारले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको पनि प्रष्ट पारे ।

यसैगरी,उनले यो गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा समेत राखे ।

त्यस्तै,पूर्व उपप्रधानमन्त्री गच्छदारले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म नै जानुपर्ने धारणा राखे ।

LEAVE A REPLY