साझट्युब : ३१, वैशाख, रसुवा ।
रसुवाको उत्तरगया गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका मारसिङ तामाङले ५६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत ल्याएका हुन्। तामाङ ५४ मतले विजयी भए ।
यस्तै सदस्यहरूमा सन्च घले, बुटि तामाङ र ज्ञानु विक विजयी भएका छन्।
२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिबाट बमबहादुर तामाङले जितेका थिए। यस पटक उनी कांग्रेसबाट उम्मेदवार बनेका थिए।