राजमार्गबाट कुटपिट गरी निजी गाडी लुटे

253

साझाट्युव :  १३  असार, धनगढी ।

कैलालीको गोदावरीमा पर्ने भीम दत्त राजमार्गमा कुटपिट गरी एउटा निजी गाडीलाई लुटिएको छ ।

डडेलधुराको आलिताल गाउँपालिकाका घर भएका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई अज्ञात समुहले कुटपिट गरेर उनको गाडी लुटेका छन् ।

महेन्द्रनगरदेखि लिफ्ट मागेर आएका ३ जना व्यक्तिले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी पनि लिएर गएको भण्डारीले जानकारी दिए । ‘ गाडीमा सँगै ल्याएको थिएँ,उनीहरुले यहाँ रोकेर फोटो खिचौं भने,’ भने, ‘गाडी रोकिसकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले समेत हानेर गाडी उतै फर्काएर लगेर गए ।’

घाइते अवस्थामा हात पछाडी बाँधेर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले भेटेपछि प्रहरीलाई खबर दिएका थिए ।

LEAVE A REPLY