राज्यको नीतिका कारण नेपाल श्रीलंका भन्दा कमजोर हुने

165

साझाट्युव : १० असार, विराटनगर ।

आगामी आर्थिक वर्षकोे बजेटमा प्रस्तुत हुने मध्ये तीन क्षेत्रको करको दर समायोजन गर्न माग राख्दै आन्दोलनमा होमेका मोरङका उद्योगी र मजदुरहरुले राज्यको नीतिका कारण नेपाल श्रीलंका भन्दा कमजोर हुने भनेका हुन् ।

विराटनगरको आन्तरिक राजस्व कार्यालयमा धर्ना दिने सिलसिलामा शुक्रबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बोल्दै राज्यले नीति नसच्याए देशको अर्थ व्यवस्था श्रीलंका भन्दा कमजोर हुने भने ।

स्यानेटरी प्याड,लगायत वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग राख्दै बिहीबार यता मोरङका उद्योगी व्यावयासी तथा मजदुरहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले स्वदेशी उद्योगको संरक्षण गर्न माग राखेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्ने क्रममा स्यानेटरी प्याडको आयातमा लाग्दै आइरहेको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरेका थिए । तयारी वस्तुमा १.५ प्रतिशत कायम गरे पनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम गरेको छ । सरकारको नीतिले स्यानिटरी उद्योग बन्द हुने उद्योगीको गुनासो रहेको छ ।

नयाँ व्यवस्थाले जीआई वायरलाइ आधारित स्टील उद्योग समेत संटकम भएको उद्योगीको गुनासो रहेको छ ।

वनस्पती तेल उत्पादन गर्ने स्वदेशी उद्योग समेत संकटमा भएको उनीहरुको गुनासो रहेको छ । सरकारले आर्थिक वर्ष २०७९–८० मा प्रशोधित तेलको भन्सार महशुल पाँच प्रतिशतमा झारेको छ । यो भन्दा अगाडी वनस्पती तेलको कच्चा पदार्थको आयातमा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महशुल तोकिएको थियो । भने नयाँ व्यवस्थाले आयातित वस्तुसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने उद्योगीको गुनासो हो ।

स्यानीटरी प्याड, तेल र जीआई वायरमा आधारित उद्योगको संरक्षण गर्न माग राख्दै उद्योगीले बिहीबार देखि आन्दोलन सुरु गरेका छन् ।

बिहीबार र्‍याली निकालेका उद्योगीले शुक्रबार आन्तरिक राजस्व कार्यालयमा धर्ना दिएको थियो । माग सम्बोधन नगरे आइतबार चक्काजाम गर्ने मोरङ व्यापार संघका अध्यक्ष रिजालले चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY