राष्ट्रपतिले अबपनि नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्छ : प्रचण्ड

223

भदौ २४, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट अब नागरिकता विधेयक प्रमाणीकरण हुने बताएका छन् ।

दोस्रो पटक पनि पठाइएको विधेयक यदि प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने वा यो विषय अदालत जाने समेत उनले बताए ।

पोखरा विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसंग बोल्दै प्रचण्डले ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ’भने।

राष्ट्रपतिले अघिल्लो पटक नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी नै फिर्ता गरेपछि सदनबाट पुनः जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।

LEAVE A REPLY