राष्ट्रिय सुरक्षा नीतिलाई अझ सुदृढ बनाउन पर्छ : प्रधानमन्त्री देउवा

317

साझाट्युव : चैत २, काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई अझ सुदृढ बनाउन पर्ने बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बुधबार २१ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले बोल्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी समेत गर्दै सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको समेत बताए ।

यसैगरी,प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई अझ सुदृढ र सफल बनाउँदै जान आवश्यक रहेको बताए ।

एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गरी राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा यस सचिवालयले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा राखेको पनि उनले बताए ।

LEAVE A REPLY