रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने: जेलेन्स्की

234

साझाट्युव : चैत ७, एजेन्सी

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यदि आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने बताएका छन् ।

अमेरिकी समाचार च्यानल सीएनएनसँग आइतबार कुरा गर्दै जेलेन्स्कीले चेतावनीस्वरुप बोलेका हुन् ।

२६ दिनदेखि युक्रेनमा रुसले आक्रमण गरिरहेको छ । भैरहेको आक्रमणमा जनधनको धेरै क्षति भएको छ । साथै,युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उत्तम उपाय वार्ता भएको पनि बताएका छन् । वार्ताका लागि उनले कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने समेत बताएका छन् ।

रुस र युक्रेनी अधिकारीबीच यसअघि बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो भने अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गरिरहेको छ ।

तर,युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्झौताको नाममा रुससँग आत्मसमर्पण नगर्ने स्पष्ट परिसकेका छन् ।

LEAVE A REPLY