रेनु दाहाल बिजयी भए संगै भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प

164

साझट्युब :१० जेठ, चितवन ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार दिनु भएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल निर्बाचित भएका छन् । यो पटक उनि दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

उनको निकटम प्रतिस्पर्धी नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पछि पार्दै रेणु दाहाल मेयरमा विजयी हुनुभएको हो ।

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेर पराजित भएका हुन्। त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवारी जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरि तेस्रो भएका छन् ।

सोमबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन् । साथै दाहालले विगतका अधुरा काम पूरा गर्ने पनि बताएकी छन् ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन् । आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उनले भनिन्, ‘योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’

 

LEAVE A REPLY