लमजुङमा अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बीमा नि:शुल्क गरिदिने

164

साझट्युब :  १९ जेठ, लमजुङ

लमजुङ बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बीमा नि:शुल्क गरिदिने भएको छ ।

बिहीबार नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूकाे उपचार पहुँच सहज बनाउने उद्देश्यले स्वास्थ्य बीमा नि:शुल्क गर्ने निर्णय गरेको हो ।

बैठकले पाँच ‘एम्पिएर’मा २० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न घरपरिवारलाई नि:शुल्क गराउने, ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने र आवास क्षेत्रका नांङ्गाे तारलाई प्लास्टिक कोटेड गराउने निर्णय पनि गरेको छ ।

कार्यपालिकाको पहिलो बैठकले बेँसीसहर नगरपालिकाको बृहत्तर विकासका लागि विशेषज्ञ समूह गठन गर्ने, सतप्रतिशत घरधुरीमा खानेपानी धारा पुर्‍याउने, ६० वर्षमाथिका एकल पुरुष, ‘ग’ वर्गका अपांगता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने र हरेक बैठकमा अघिल्लो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे समीक्षा गर्ने लगायतका निर्णय गरेको छ ।

LEAVE A REPLY