ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

293

साझाट्युव : चैत २४ ,काठमाडौं।

कारको ठक्करबाट ललितपुरको लुभुमा दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

प्रहरीले जनाए अनुसार बुधबार साँझ साढे ५ बजे बा १६ च ३६८७ नम्बरको कारले ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको हो।

घाइते बालकको ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाए अनुसार कार सहित चालकलाई नियन्त्रणमा लिइएको छ ।

LEAVE A REPLY