लाजिम्पाटस्थित टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगायो

147

साझट्युब : २५ जेठ, काठमाडौं ।

काठमाडौंको लाजिम्पाटस्थित निल सरस्वतीस्थान नजिकबाट टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगाएको छ ।

वर्षाका कारण बहाव बढ्दा बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल चालकसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाए ।

धापासी घर भएका २१ वर्षका मोटरसाइकल चालक सुरज अर्याललाई सकुशल उद्दार गरिएको छ । बगाएको मोटरसाइकल फेला नपरेको एसपी मैनालीले जनाए ।

LEAVE A REPLY