लामिछानेले आफ्नो नयाँ दलमा अनलाइन प्रणालीबाट पार्टी सदस्य वितरण गर्ने

150

साझाट्युव: ७ असार, काठमाडौं ।
सञ्चारकर्मी भनेर केहि नाम कमाएका रवि लामिछानेले आफ्नो नयाँ दलमा परिवारवादलाइ पूर्ण रूपमा निषेध गरिने बताएका छन् ।

राष्ट्रिय सभा गृहमा मंगलबार नयाँ पार्टी घोषणा गर्ने बताउँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

चुनावमा पार्टी सदस्यबाट निर्वाचित भएर मात्र उम्मेदवार हुने पाइने व्यवस्था हुने लामिछानेले बताउदै पार्टीमा ५० प्रतिशत युवा अनिवार्य हुने, पार्टीभित्रबाटै प्रत्यक्ष निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री, प्रधानमन्त्रीले नै मन्त्री चुन्न पाउने व्यवस्था, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था, अनलाइन प्रणालीबाट पार्टी सदस्य वितरण गरिने समेत बताए ।

LEAVE A REPLY