लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले प्रमुख पाउने

336

साझाट्युव : चैत २२ ,काठमाडौं।लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलले एउटा पालिकामा भागबण्डा गरेको छ । गुल्मीको मालिका गाउँपालिकामा माओवादी केन्द्रले नेतृत्व लिने मंगलबार गठबन्धनले सहमति गरेको हो ।गठबन्धनको उम्मेदवार घोषणा गर्दै जिल्लाका १२ वटै पालिकामा गठबन्धनले विजय हाँसिल गर्ने नेपाली काँग्रेसका नेता त्रैलोक्य प्रताव सेनले जानकारी दिए ।

यस्तै ,कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य ज्ञानधकुमार बुढा, काँग्रेसका नेताहरु रेखाकुमार जिसी, उपेन्द्र अर्याल लगायतले मन्तव्य राखेका थिए । उक्त पालिकामा माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष देविराम अर्यालले अध्यक्ष पदको दावी गर्दै आएका छन् । अघिल्लो निर्वाचनमा उनले हार व्यहोरेका थिए । माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले आजदेखि गठबन्धनले पालिका बाँडफाँडको टुङ्गो लगाउन सुरु गरेको र छिटै अन्य पालिकाको पनि टुङ्गो लगाउने बताए ।

उनले मालिकामा नेता देविराम अर्याल पालिका अध्यक्षको उमेदवार हुने छलफल अगाडी बढेको तर अहिले नै टुङ्गो नलागेको सुनाए । उता अर्यालले भने आफू नै माओवादी केन्द्रबाट अध्यक्षको उमेदवार हुने बताए । अघिल्लो निर्वाचनमा एमालेका रितबहादुर थापा ४ हजार ४२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४७४ मत ल्याएका थिए । माओवादी केन्द्रका अर्यालले २०४० मत ल्याएका थिए ।

LEAVE A REPLY