लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरे

175

साझाट्युव : बैशाख ८,वीरगञ्ज ।

लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । एमालेलाई नगर प्रमुख र लोकतान्त्रिक समाजवादी पार्टीलाई उपप्रमुख दिने गरी उनीहरुले तालमेल गरेका हुन् ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोकतान्त्रिक समाजवादी पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा एमाले नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्ण लगायत सहभागी थिए ।

LEAVE A REPLY