(लोसपा) ले ५१ हजार रुपैयाँ मधेसी महिलाको बिहेमा अनुदान दिने

167

साझाट्युव : वैशाख १६, काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ५१ हजार रुपैयाँ मधेसी महिलाको बिहेमा अनुदान दिने घोषणा गरेको छ ।

महिलालाई उच्च शिक्षाका लागि प्रेरित गर्ने साथै कमजोर आर्थिक अवस्था र स्नातकसम्म अध्ययन गरेकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गर्ने लोसपाले घोषणा गरेको छ । यसले गर्दा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ ।

 

यसैगरी लोसपाले महिलाहरुलाई सार्वजनिक यातायात निःशुल्क गर्ने, रोजगारमा प्राथमिकता दिने , निःशुल्क उच्च शिक्षाको प्रबन्ध गर्नेलगायतका घोषणा पनि गरेको छ । यस्तै लोसपाले प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि थप ५ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ।

LEAVE A REPLY