वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि नेकपा एमालेले उनका छोरालाई उम्मेदवार बनाए

192

साझाट्युव : २८ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि नेकपा एमालेले उनका छोरालाई उम्मेदवार बनाएको छ ।

वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले बताएको छन् ।

 

निर्वाचन आयोगले उम्मेदवारको मृत्युपछि उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ भने बुधबार र बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै उम्मेदवार दर्ता गराएका एमालेका जिल्ला अध्यक्ष बस्नेतले बताए ।

वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको चुनाव प्रचारको क्रममा एक्कासी बिरामी भएपछि उपचारका निम्ति काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यही उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो ।

तुलसीपुर बघौसी निवासी ५३ बर्षीय चौधरी पहिलादेखिनै मिर्गौला र कलेजोको विरामी थिए । चौधरी यसअघिको कार्यकाल तुलसीपुर-१७ को वडा सदस्य समेत थिए ।

LEAVE A REPLY