वर्षाका कारण चन्द्रागिरिमा पहिरो झरेर एकै परिवारका तीनको मृत्यु

218

साझाट्युव : असोज २१,काठमाडौं ।

अविरल वर्षाका कारण काठमाडौंको चन्द्रागिरिमा पहिरो झरेर एकै परिवारका तीन जनाको पुरिएर मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ स्थित देउराली नजिक मसिने जाने बाटोमा भएको रेक्की ध्यान केन्द्र पहिरोले पुरिएको छ ।

पहिरोले पुरिएर ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको हो ।

गएराती मध्यरातमा आएको पहिरोले ध्यान केन्द्रलाइ पुरिएको थियो।

 

LEAVE A REPLY