वर्षाको कारण मौसम प्रतिकूल हुँदा हवाइ उडानहरु प्रभावित

194

साझाट्युव : १४ असार, काठमाडौं ।

झरीको कारण मौसम प्रतिकूल हुँदा हवाइ उडानहरु प्रभावित भएको हो । वर्षाको कारण गए रातिदेखि विराटनगर विमानस्थल अवरुद्ध भएको छ। त्यस्तै गरेर पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल देखि समेत उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलदेखि भने आइएफआरले उडान भरिरहेको विमानस्थल कार्यालयले बताएको हो ।

यसैगरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलक अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत पहिरो गएपछि बुटवल–पाल्पा सडकमा यातायात ठप्प भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा निकट माथिदेखि सडकमा पानीको ठूलो छहरा बगेको छ । छहराकै कारण सवारी साधन ओहोरदोहोर हुन सकेको छैन ।

यस्तै गरेर , नारायणगढ–मुग्लिन सडक भने आज मंगलबार बिहानबाट दुईतर्फी सञ्चालन भईरहेको छ । आज बिहान २ बजे भरतपुर २९ खहरेखोलामा सडक भन्दा माथिबाट लेदो बगेपछि सडक एकतर्फी सञ्चालन हुँदै आइरहेको थियो ।

LEAVE A REPLY