वसन्त चौधरी लगायत नेपालि गित संगीतका स्रष्टालाइ छिन्नलता गीत पुरस्कृत गरिने

233

साझट्युब : ४ जेठ काठमाडौँ  ।

कवि चर्चित गीतकार तथा कवि वसन्त चौधरीले २०७८ सालका निम्ति ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका हुन् । उनलाई गीत रचनाको विधाबाट पुरस्कार साथै सम्मान प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीबाट निर्णय भएको छ ।

गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानहरूका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको नाम छनौट गरेको छ ।

त्येस्तै संगीत रचनातर्फ आनन्द राई रगायनतर्फ पवित्र सुब्बालाइ २०७८ सालको छिन्नलता पुरस्कार प्रदान गर्ने भएका छन् भएकी । यो वर्षका निम्ति लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउने भएकी छन् । यसैगरी विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिने गुठीले बताएको हो ।

२०७७ सालका निम्ति गीत रचना विधामा आनन्द अधिकारी,त्येस्तै संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत हुने गुठीले जानकारी दिएको छ । यो वर्षका लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाउने गुठीका सचिव दिनेश अधिकारीले बताएका छन् ।

त्येसैगारी , २०७६ सालका निम्ति छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी,साथै संगीत रचनातर्फ हरि लम्साल, र गायनतर्फ सुनिता सुब्बाको रहेका छन् । यो वर्षाको निम्ति लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पौने भएकी छन् ।

अधिकारीका अनुसार पुरस्कार वितरण २०७९ असार २६ गतेका दिन विशेष समारोहबीच गरिने भएको छ । सोहि दिन गुठीका संस्थापिका साथै गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जनमा भएको दिन पनि हो ।

 

LEAVE A REPLY