विजय जुलुसमा सहभागीहरुले म्यादी प्रहरीमाथि धारिलो हतियार प्रहार

142

साझट्युब :२ जेठ, बाजुरा ।

सोमबार बाजुरामा जुलुसमा सहभागीहरु र म्यादी प्रहरीबीच झडप भएको छ । बडिमालिका नगरपालिकास्थित वडा नम्बर–२ को अध्यक्षमा निर्वाचित वडाअध्यक्ष डम्बरबहादुर महतको विजय जुलुसमा सहभागीहरुले म्यादी प्रहरीमाथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियारको प्रहारबाट म्यादी प्रहरी २३ वर्षका पुष्प कटुवाल घाइते भएका छन् ।

 

हतियार प्रहार गर्ने २० वर्षीय नरेन्द्र नाथसहित दुई जनालाई पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जनाए ।

निर्वाचित पक्षका कार्यकर्ताहरूले कांग्रेसका उम्मेदवारको घरमा ढुंगामुढा गरेपछि दुई पक्षका कार्यकर्ताहरूको बीचमा झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन परिचालित प्रहरीमामाथि एमालेका कार्यकर्ताहरु जाइलागेका थिए ।

घाइते म्यादी प्रहरीको जिल्ला सदरमुकाममा उपचार भइरहेको छ ।

LEAVE A REPLY