साझाट्युव : वैशाख २१, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिव पद बाट विप्लवलाई निकालिएको छ । चितवनको पर्सामा बुधबार सुरु गरिएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीपद र पार्टीबाटै विप्लवलाई निश्कासन गरेको छ
केन्द्रीय सदस्य गुणराज लोहनीका अनुसार विप्लवलाई पार्टीबाटैविप्लवलाई गरिएको साथै खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट पूर्णरुपमा हटाएको जानकारी दिएका छन् । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजकमा तोकेको छ भने उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले बताएका छन् ।
भेलाले नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको तयारी छ । स्थानीय चुनावलाइ उपयोग गर्ने वा नगर्नेबारेमा पनि नेकपामा विवाद सुरु भएर एकअर्कालाईनै कारवाही गर्नेसम्म पुगेको हो । पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेता धर्मेन्द्र वास्तोला साथै हेमन्तप्रकाश वलीलाई पार्टीबाटै हटाएका थिए ।