
साझाट्युव : २ असार, काठमाडौं ।
विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।
यसैगरी सांसदहरुद्वारा राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकार गरेपछि विनियोजन विधेयक पारित भएको हो ।
संसदमा विनियोजन विधेयकनिर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु संसद बैठकछोडी बाहिरिएका थिए । उनीहरुले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको सहभागी भएको भन्दै यसबारेमा छानबिन गर्न समेत माग राखेको छ ।