विभिन्नआरोपमा पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ प्रक्रिया सुरू

173

साझाट्युव : बैशाख ९, काठमाडौँ ।

गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले जनाएअनुसार ,पार्टीले विभिन्न आरोपमा पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरू गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरू गरेको हो ।

उक्त पार्टी र मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्ति बीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते वार्ता सम्पन्न भएको थियो ।

त्यही सहमतिको जगमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले आफूहरूका विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्ता र लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने बताएका थिए।

उक्त पार्टीले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ ।

 

LEAVE A REPLY