विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश ४६२४ मत अन्तरले अग्रता

289

साझट्युब :५ जेठ, विराटनगर ।

मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको १७ हजार ५९८ मतले अग्रता जारी रहेका छन् । कोइरालाले नेकपा एमालेका उम्मेदवार सागर थापालाई ४ हजार ६२४ मतले पछाडि पारेका हुन् । थापाले १२ हजार ९७४ मत ल्याएका हुन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवको ५ हजार ८७९ र राप्रपाका उम्मेदवार प्रह्लाद साहले ३ हजार ४५७ मत प्राप्त गरेका छन्। जनमत पार्टीका अरुण मण्डलले ४६२,लोसपाका मृत्युन्जय मिश्रले ३७२ र विवेकशील साझाकाले २०९ मत ल्याएका छन् ।

कोइरालाको

उपप्रमुख पदमा नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता जारि राखेको छन् । उनले १५ हजार ४० मत ल्याउदा जसपाका अमरेन्द्र यादवले ९ हजार १७७, राप्रपाकी विन्दा लुइटेल आचार्यले ४ हजार २१२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार २७८ मत प्राप्त गरेका हुन् ।

जनमत पार्टीकी अन्नु कुमारी कामतले ६६८, लोसपाकी सहनाज खातुनले ४९७ र विवेकशील साझाकी श्रृजु पराजुलीले २५२ मत ल्याएका हुन् ।

 

LEAVE A REPLY