
साझट्युब : ३१ वैशाख, भरतपुर ।
मूख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुरले शनिबार बिहान ११ बजेदेखि मतगणना शुरू भएको जानकारी दिएको छ। मतगणना स्थलमा कुर्सी तथा बेञ्च राख्ने विषयमा विवाद हुँदा ढिलाइ भएको थियो।
भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट रेणु दाहाल, नेकपा (एमाले) का तर्फबाट विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल प्रतिस्पर्धामा छन्।
२९ वडा रहेको भरतपुर–१ बाट मतगणना शुरू गरिएको छ। भरतपुरमा ६८.६७ प्रतिशत मत खसेको छ। एक लाख ८५ हजार ७५१ मतदाता रहेकामा एक लाख २७ हजार ५६६ मत खसेको हो।
भरतपुर–१३ मा सबैभन्दा बढी ७४.११ प्रतिशत र भरतपुर–१० मा ६२.६७ प्रतिशत मत खसेको छ। १५ वटा वडामा ७० प्रतिशतभन्दा बढी मत खसेको छ।