साझाट्युव : चैत ११,काठमाडौं ।
विश्वकप फुटबलमा जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे छनौट भएका छन् ।
अब यी मुलुक सँगै ९ महिनापछि कतारमा हुन लागेको विश्वकपमा छानिने टिमको संख्या १९ पुगेको छ। यस्तै,अझै १३ टिम छानिन बाँकी नै छ ।
एशियाली क्षेत्रबाट कतार विश्वकपमा छानिने जापान चौथो देश हो भने साउदी अरेविया पाँचौं देश हो ।
तेश्रो चरणको नवौँ खेलमा अष्ट्रेलियालाई २-० ले हराउँदै जापानले विश्वकपमा स्थान बनाएको छ । जापानले यसअघि ६ पटक विश्वकप खेलिसकेको छ ।
जापानसँग हारेको अष्ट्रेलिया भने विश्वकप खेल्ने संभावना बाँकी नै छ ।
साउदी अरबले यसअघि नै विश्वकप दौडबाट बाहिरिएको चीनलाई १-१ को बराबरीमा रोकेर विश्वकपमा छानिएको छ । यो देशले पनि यसअघि ५ पटक विश्वकप खेलिसकेको छ ।
साथै,ल्याटिन अमेरिकी देश इक्वेडरले चौथो पटक विश्वकपमा स्थान बनाएको छ । त्यस्तै,सन् १९३० को पहिलो र १९५० को चौथो संस्करणको विजेता युरुग्वे भने चौधौं पल्ट विश्वकपमा छनौट भएको छ ।