विश्वप्रकाश भन्छन् म झापामै चुनाव लड्छु

244

साझाट्युव : १,भदौ काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापादेखि नै चुनाव लड्ने जानकारी दिएका छन्।

बुधबार बिहान ट्विट गर्दै शर्माले काठमाडौं-५ मा चुनाव लड्ने चर्चा रहेता पनि उनले भने आफ्नो प्रेम सिटी रहेकाले झापाबाट नै आगामी संसदीय चुनाव लड्ने जानकारी दिएका हुन्।

उनले लेखेका छन्- फेरि प्रस्ट्याउँ, बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो! काठमाडौ-५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न!

शर्माले २०७४ मा झापा क्षेत्र नम्बर-१ देखि उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भएका थिए ।

कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएर बिजयी भएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत ल्याएर पराजित भएका थिए।

त्यो समया नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए।

यसपालि भएको स्थानीय चुनावमा झापा-१ मा कांग्रेस एमालेभन्दा निकै पछि परेको थियो । यहाँ एमालेले ३१ हजार दुई सय ३२ मत मत प्राप्त गरेको थियो ।

कांग्रेसले २४ हजार ५९ मत प्राप्त गरेको थियो ।

त्यस्तै माओवादीले तीन हजार ९ सय ९५,मत ल्याएका थिए भने नेकपा एकीकृत समाजवादीले एक हजार दुई सय ५२, जसपाले ६९, राप्रपाले ६ हजार ९ सय २२ र स्वतन्त्रले दुई हजार २ सय ५६ मत ल्याएका थिए ।

गठबन्धनका अरु पार्टीको मतलाइ जोड्दा यहाँ कांग्रेसले २९ हजार हराहारी मत छ। तर एमाले एक्लैको मत ३१ हजार बढी रहेको छ। एमालेसँग राप्रपाले गठबन्धन गरे ३६ हजारभन्दा बढी मत पुर्‍याउने सम्भाबना देखिन्छ।

LEAVE A REPLY