साझाट्युव : बैशाख ९, काठमाडौँ ।
पृथ्वी हाम्रो घर हो, पृथ्वीलाइ हामी आमाको रुपमा मान्ने गर्दछौ । प्रकृती सर्वोपरी छ, यसको सुरक्षा हाम्रो कर्तब्य हो ।
आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको शुरुवातका रुपमा मनाउन थालिएको हो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रुपमा यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मलेनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो ।
आज विश्व पृथ्वी दिवसको अवसरमा काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए । पृथ्वीको संरक्षणका लागि सम्बन्धित निकायले चासो राख्नुपर्ने बेला भएको उनीहरुको गुनासो छ । उनीहरुले पृथ्वीको संरक्षणका बारेमा बेलैमा चासो नदिने हो भने भविष्यमा यसको विकराल अवस्था आउन सक्नेप्रति सचेत गराएका छन् ।
अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुन्छ ।
अहिले को बढ्दो प्रवीधी र ब्यस्तताका कारण विकराल अवस्था सिर्जना हुन नदिन प्रकृतीमा रमाउदै रुख रोप्ने, हरियाली वढाउने, प्लाष्टीकको कम प्रयोग र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने उर्जाको प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यक्ता रहेको छ ।