व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको हुँदै होइन : सचिव अर्याल

314

साझाट्युव : चैत २, काठमाडौं।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको बताएका छन्।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले व्यक्तिगत युट्युब च्यानललाइ सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा अर्यालले ‘अहिले म आफै बोलिरहेको छु । कसैले भिडियो खिचेर आफ्नो युट्युबमा अपलोड गर्न पाउनुहुन्छ । त्यसको लागि कुनै नियन्त्रण गर्न भएन । तर, जसले म मिडिया हो भनेर क्लेम गर्छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ । त्यसले गरेका कामहरुलाई कुनै न कुनै हिसाबले नियन्त्रण गर्नुपर्यो’ भने ।

अहिले अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताले व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न सक्ने भएकाले नियन्त्रण गर्न खोजिएको उनको भनाइ छ । साथै,पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्न लागिएको पनि अर्यालले बताए ।

यसैगरी, उनले ‘सबै कुरामा नियन्त्रण गर्ने भन्दैमा नकारात्मक रुपमा मात्रै हुँदैन । कहीं कतै दर्ता नगरी विभिन्न कुराहरु अफवाह फैलाएकाले यस्ता कुरालाई कसरी नियन्त्रण गर्ने भन्ने हो’ भने ।

LEAVE A REPLY