
साझट्युब : ४ जेठ, गोरखा ।
गोरखाको पालुङटार नगरपालिकामा बुधबार मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो ।
मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद सुरु भएको हो ।
१० वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ ।
वडा नम्वर ६ को मगतणना गर्ने क्रममा विवाद भएको हो ।