शनिबार र आइतबार बिदा दिने सूचना राजपत्रमा प्रकाशित

319

साझाट्युव : वैशाख २७ , काठमाडौँ । 

सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

तर कार्तिक १६ गते देखि माघ १५ गते सम्म कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४: ३० बजे सम्म रहने छ भनि राज पत्रमा उल्लेख छ।

 

LEAVE A REPLY