शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो :अध्यक्ष ओली

172

साझाट्युव : वैशाख २६,पोखरा । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी भएको दाबी गरेका छन् ।

पोखरामा नेकपा एमालेको सोमबार भएको चुनावी आमसभामा अध्यक्ष ओलीले सम्बोधन गर्दै भने आफूलेसधै शास्त्रका कुरा गर्दाखेरि उखान टुक्का भनेर मजाक उडाएको गुनासो पनि गरे ।

‘एमालेलाई सिध्याउनलाइ धेरैनै प्रयास भए, बदनाम पनि गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले भने, ‘मैले बोलेको बुझ्ने सायद थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो । मैले यथार्तरुपमा शास्त्रका कुरा गर्छु,तर उनीहरु उखान टुक्का भन्छन् ।’उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरु आफैले प्रयोग गर्ने ओलीले भनाइ थियो ।

LEAVE A REPLY