शाहलाई अरु ५ दिन हिरासतमा राख्न अनुमति

166

साझाट्युव : चैत ४,काठमाडौं ।

जिल्ला अदालत, तनहुँले नायक पल शाहलाई अरु पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नाबालिका बलात्कारको आरोपमा अभिनेता शाह १५ फागुनदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् । यस्तै,उनीविरुद्ध नवलपुरमा पनि जाहेरी परेको र जिल्ला अदालत नवलपुरमा बिहीबार मात्र मुद्दा दायर भएको छ ।

गत फागुन १५ गते प्रहरी समक्ष आत्मसमर्पण गरेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप भइसकेको छ ।

LEAVE A REPLY