साझट्युब : २४ जेठ, काठमाडौं ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले भोली बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।
मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समय पनि सञ्चालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, ठूला मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि पर्याप्त समय छुट्याउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जनाए ।
आज मंगलबारको प्रतिनिधि सभा बैठक सुरु भइसकेको छ ।