शेखर कोइराला र आफू निकट रहेका नेताहरुसित छलफल हुने

228

साझाट्युव : २९ साउन, काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाद्वारा आफू निकट रहेका नेताहरुसित छलफल हुने भएको छ । छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुनेछ ।

आसन्न प्रदेश साथै प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तयर गर्नलाइ छलफल गर्न लागिएको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले जानकारी दिए ।

छलफलमा दोस्रो स्थरका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको हो । यो भन्दा बत्तिसपुतलीको एक पार्टी प्यालेसमा छलफलमा उठेका विषयलाइ कोइरालालाई बताउने र भावी रणनीति तय गरिने नेताहरुले जानकारी दिए ।

५ भातृ संस्थाको अध्यक्ष तोकिने क्रममा आफ्नो समूहसित परामर्श नगरी एकलौटी गरेको भन्दै कोइराला पक्ष पार्टी सभापति शेरबहादुर देउवासित रुष्ट भएको छ । योअघि सो समूहका नेता-कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन समेत गरेका थिए ।

LEAVE A REPLY