शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाए

267

साझाट्युव : असोज २५ ,कैलाली ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो विरुद्धमा परेको उजुरीको जवाफ बुझाएका छन् । आसन्न निर्वाचनका उमेदवार रहेका देउवाले आफ्नो विरुद्धमा परेको उजुरीको लिखितरुपमा जवाफ मंगलबार पत्नी आरजु राणा देउवाद्वारा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका छन् ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत रहेका बालकृष्ण वाग्लेले प्रमाणसहित उजुरीको जवाफ आएको जानकारी दिए । उनले उजुरीमा नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक भएको उजुरी परेको बताए छन् । उजुरीको जवाफ २ बजेभित्र दिने समय तोकिएको थियो तर दुई घण्टा भन्दा अगाडि नै जवाफ आइसकेको जानकारी दिए । उजुरी उपर छानबिन गर्दै आज साँझ ५ बजेसम्ममा निर्णय लिने मुख्य निर्वाचन अधिकृत वाग्लेले भनेका छन् ।

देउवाले बुझाएको जवाफमा नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको उल्लेख गरिएको कांग्रेसका एक नेताले बताए ।

मात्र एउटा प्रतिनिधिसभा निर्वाचन भएको क्षेत्र डडेल्धुरादेखि उमेदवारी दिएका देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग राख्दै उनका प्रतिस्पर्धी कर्ण मल्लद्वारा सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दीइएको थियो ।

उक्त उजुरीमा नागरिकतामा देउवाको जन्ममिति वि.सं. २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते भएको उल्लेख गरिएको थियो ।

LEAVE A REPLY